हलिउड फिल्म ‘मिसन इम्पोसिबल’का अभिनेता टम क्रुजको चौथो सम्बन्ध

0
 

हलिउड फिल्म ‘मिसन इम्पोसिबल’का अभिनेता टम क्रुज र अभिनेत्री हेली एटवेलबीचको फ्रेन्डसिपले सामाजिक सञ्जाल तताएको छ।

दुवैबीचको सम्बन्धका बारेमा ७–८ महिनादेखि चर्चा चलिरहेको थियो। समाचार एजेन्सीहरूका अनुसार उनीहरू एक–अर्कालाई मन पराउँछन्, गएको लकडाउनले उनीहरूलाई नजिक बनाएको थियो। टमले तीन वटा विवाह गरिसकेका छन्। तर, ती कुनै पनि टिकेनन्। टमकी पहिलो पत्नी मिमी रोजर्ससँग विवाह गरे तर त्यो धेरै टिक्न सकेन।

उनीसँग सम्बन्धविच्छेद गरेपछि निकोल किडमेनसँग विवाह गरे। किडमेनसँग ११ वर्ष सँगै बसेपछि उनीसँग पनि छुट्टिए। त्यसपछि उनले केटी होम्ससँग विवाह गरेका थिए। सन् २०१२ मा केटीसँग पनि अलग्गिएर बसेका टमले अहिले हेलीसँग हेलमेल गरिरहेका छन्।