इटहरी मा राहत बितरण गर्दै फेसबुक ग्रुप “इटहरी रकर्स”

0

इटहरी  १७ जेठ २०७८ ,केहि दिन अघि देखी राहत वितरण गर्दै आएको फेसबुक ग्रुप ‘ इटहरी रकर्स ‘ ले आज  जेठ १७ गते  इटहरी उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको हाटखोला स्थित दक्षिणकाली टोल का अतिविपन्न १० घरलाई राहत वितरण गरेको छ । प्रति परिवार पाँच किलोग्राम चामल, एक किलोग्राम दाल, आधा लिटर तेल, एक किलोग्राम आलु र एक किलोग्राम आयो नुन वितरण गरिएको  रोशन सिग्देलले जानकारी दिएका छन । राहत वितरणमा कोरोना महामारीका लागि सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरिएको रोशन सिग्देल बताएका छन् । उनका अनुसार राहत लिन आउनेलाई सुरुमा साबुन पानीले हात धुन लगाइएको छ । त्यसपछि स्यानिटाइजर प्रयोग गर्न लागएर मात्रै राहत वितरण गरिएको बताए । यस्तै राहत वितरणमा सामाजिक दूरी कायम गर्नुको साथै हातैमा सामान दिनेभन्दा पनि एक ठाउँमा राखेर क्रमैसंँग लिन लगाइएको उनले जानकारी दिए ।