बीपी प्रतिष्ठानको धरान कोभिड अस्पतालमा थप ५ जना संक्रमितको मृत्यु

0

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी कक्ष र कोभिड अस्पतालमा ५ जनाको मृत्यु भएको छ ।कोरोना संक्रमण भएपछि प्रतिष्ठानमा उपचारका लागि ल्याइएकामध्ये पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको हो ।प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार मृतकहरुमा मोरङको बेलबारी नगरपालिका–९ बस्ने २८ वर्षीया महिला, धनुषाको जनकपुर–१४ बस्ने १७ वर्षीया महिला, सप्तरीको बलान विहुल–६ बस्ने ४७ वर्षीय पुरुष, सप्तरीकै सुरुङ्गा १ बस्ने ७० वर्षीया महिला, उदयपुरको त्रियुगा नगरपालिका ३ बस्ने ५० वर्षीया महिला रहेका छन् ।