इटहरीमा एउटै टाेलका २५ जना बिरामी

0

इटहरी / सुनसरीकाे इटहरीका एउटै टाेलका २५ जना बिरामी परेका छन् । इटहरी ३ सुनौलो टोलमा ७ घर का २५ जना ज्वरो, खोकी, पखाला लागेर बिरामी भएका हुन् । पुरै बस्ती नै ज्वरो, खोकी, पखाला लगायतका लक्षण सहित बिरामी भएका छन् ।इटहरी उपमहानगरले ४ जनाको पिसिआर परिक्षणकालागी नमुना संगलन गरेकाे छ । उनीहरुकाे पिसिआर परिक्षण रिपाेर्ट प्राप्त भए पश्चत उनीहरुमा काेराेना संक्रमण रहेकाे नरहेकाे पुष्टी हुने इटहरी अस्पतालले बताएकाे छ ।